राष्ट्रपति भण्डारी चीन प्रस्थान
Published:
by .काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय चीन भ्रमणको शिलशिलामा आज बेइजिङतर्फ प्रस्थान गरेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ गएकी हुन् ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्याल तथा लालवावु यादव बेइजिङ प्रस्थान गरेका छन् ।
नेपाल वायुसेवा अधिकारीका अनुसार, लोकतन्त्र प्राप्तिपछि राष्ट्रिय ध्वजाबाहक विमानलाई चार्टड गरेर पहिलोपटक विशिष्ट तहमा यसरी अन्तर्राष्ट्रिय उडान भरिएको हो । यसअघि, अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स चार्टड गरिएको थियो ।
Comments