Sajhamanch Archive

धनगढी विमानस्थल एक महिना बन्द हुने

Published: in विविधा by .

धनगढी । सुदूरपश्चिम प्रदशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। धावन मार्गको स्तरोन्नतीका लागि बिमानस्थल बन्द गर्न लागिएको विमानस्थल प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए। ‘लामो समय देखी धावन मार्गको स्तरोन्नती हुन सकेकेको छैन।

त्यसैलाई बिमानस्थलमा सेवा रोक्ने निर्णय गरेका हौँ।’ विमानस्थल प्रमुख बुढ्थापाले बताए। आगामी वैशाख २२ गते देखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने उनले जानकारी दिए। बिगत १४ वर्षदेखि विमानस्थलको सुधार हुन सकेको छैन।

केही दिनपहिले सामान्य मर्मत भएपनि पूर्ण मर्मत नहुँदा एक महिना लामो समय विमानस्थल बन्द गर्न लागिएको हो। विमानस्थ कार्यालयमा विहीबार बिहान बसेको वैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

प्रधान कार्यालयले सूचना जारी गरेपछि बिमानस्थल बन्द हुने छ। अहिले धनगढी काठमाडौं दैनिक ५ वटा जहाजले उडान भर्ने गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *