Sajhamanch Archive

सरकारको एक्लो प्रयासबाट मुलुकको विकास र समृद्धि असम्भव : संयोजक भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आग्रह गरे।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्रयाउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्कसमेत गरे। त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीतिरकानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाई छ।

यस्तै संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवर्द्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरूको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरूलाई आग्रहसमेत गरे। यस्तै सोही कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताए।

उनले पर्यटन क्षेत्रलाई व्यापारको रूपमा नभई उद्योगको रूपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रूपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी एक सय ११ वटा व्यावसायिक तथा फुड स्टलहरू रहेका छन्।

मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरू ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरू मुख्य आकर्षणको रुपमा राखिएका छन्। ‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका आयोजना गरिएको मेलामा दुई लाख बढिले अवलोकन गर्ने तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *