Sajhamanch Archive

अतिविपन्न ५० परिवारलाई विद्युत् प्राधिकरणको मिटर निःशुल्क

Published: in राष्ट्रिय समाचार, समाज, by .

कचनकवल । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले झापाको दक्षिणी कचनकवल गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न समुदायलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ ।

नेपाल सरकारले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत प्राधिकरणले देशभरका अतिविपन्न घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गर्न थालेको हो । यसैअन्तर्गत भद्रपुर वितरण केन्द्रले पहिलो चरणमा कचनकवल गाउँपालिकाको घेराबारीका अतिविपन्न ५० घरपरिवारलाई विद्युत मिटर र एमसिबी वितरण गरेको हो ।

प्राधिकरणका केन्द्र प्रमुख रामउद्गार साहको प्रमुख आतिथ्य तथा लेखा प्रमुख टङ्क उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, वुद्धिजीवी, प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेसक्याम्प घेराबारीका प्रमुख लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा कचनकवल गाउँपालिका १ का वडाध्यक्ष लक्ष्मीनारायण यादव र वडा सदस्य उमाशंकर गणेशले विद्युत विस्तारसँगै अतिविपन्न समुदाय पनि विद्युत सुविधाबाट लाभग्राही बनेकोमा खुशी व्यक्त गरेका थिए ।

प्राधिकरणका प्रशासन प्रमुख कालिचरण प्रसाद यादवले स्वागत गरेको कार्यक्रम बनियानी सवस्टेशनका सुपरभाइजर तोयानाथ दाहालले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *