बिर्तामोडका वुद्धिजीवीले खोजे नगरपालिकाको विकास योजना तर्जुमा र कार्यान्वयनको अवस्था (भिडियोसहित)
Published: (Updated: )
by .बिर्तामोड । नेपाल वुद्धिजीवी परिषद् झापाले आज बिर्तामोड नगरपालिकाको विकास योजना तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन विषयक अन्तरक्रिया गरेको छ ।
परिषद्का अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षतामा बिर्तामोडमा आयोजित अन्तरक्रियामा राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक एवम् सहकारी अभियन्ताहरु, व्यापारी–व्यवसायी, शिक्षक–प्राध्यापक, पत्रकार लगायत विभिन्न क्षेत्रको सहभागिता थियो ।
परिषद्का केन्द्रीय सल्लाहकार उमानाथ ओलीले अवधारणपत्र प्रस्तुत गरेर सुरु गरिएको कार्यक्रममा नगरपालिका कार्यक्रम संयोजक जय तिम्सिनाले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि हालसम्मको अवस्थाका बारेमा स्लाइड प्रस्तुत गरेका थिए ।
वरिष्ठ अधिवक्ता टंक उप्रेतीले सञ्चालन गरेको अन्तरक्रियामा आमन्त्रित एवम् सहभागीहरुलाई रोमनी भट्टराईले शब्द स्वागत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, अधिवक्ता खगेन्द्र खरेल, झापा बारका उपाध्यक्ष नारायण पौडेल, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष पर्शु सिटौलाले नगरपालिकाले सञ्चालन गरेका विभिन्न योजनाहरुको समालोचनात्मक टिप्पणी गरेका थिए ।
यसैगरी सहकारीकर्मी रुद्र सिटौला, वडा नं. ८ का पुण्य लम्साल, प्राध्यापक राजेन्द्र प्रसाईं, समाजसेवी गोपालकुमार बस्नेतले वर्तमान बिर्तामोडलाई हेरेर भविष्यको बिर्तामोड बनाउन आग्रह गरेका थिए ।
सो अन्तरक्रिया कार्यक्रममा पूर्व सांसदहरु नरेश खरेल, मनकुमार गौतम, डिल्ली सिटौला, प्रदेशसभा सदस्य एकराज कार्कीसहित नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाको सहभागिता थियो ।
Comments