मातातीर्थ औंसीको सन्दर्भमा झापाका ६ जना आमाहरु सम्मानित
Published: (Updated: )
by .भद्रपुर । लीला कट्टेल स्मृति प्रतिष्ठान झापाले आज ६ जना जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले मातातीर्थ औंसीको सन्दर्भमा सबै जेष्ठ आमाहरुको निवासमै पुगेर सम्मान प्रदान गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष तथा कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रमकाबीच ६ जना ज्येष्ठ महिलाहरुलाई सम्मान गरेको प्रतिष्ठानका कोषाध्यक्ष पवित्रा महतराले बताइन् ।
प्रतिष्ठानबाट सम्मानित हुनेहरुमा भद्रपुर नगरपालिका वडा नम्बर ८ की वेदकी क्षेत्री र कृष्णकुमारी भण्डारी, मेचीनगर नगरपालिकाकी सावित्रा खड्का, दमक नगरपालिकाकी चन्द्रकला श्रेष्ठ, बिर्तामोड नगरपालिकाकी कौशिल्या सिलवाल र साविक बनियानी हाल बिर्तामोड निवासी माया भण्डारी ।हेका छन् ।
झापाली कम्युनिष्ट आन्दोलनकी योद्धा लीला कट्टेलले नेकपा मालेकालदेखि नेपाली महिलाहरुलाई महिला मुक्ति अभियानमा अग्रसर गराउने काम गरेकी थिइन् । कट्टेलको स्मृतिमा स्थापित प्रतिष्ठानले महिला मुक्तिको अभियानमा संलग्न समाजका पथप्रदर्शक आमाहरुलाई सम्मान गर्दै भविष्यमा विविध किसिमका कार्यक्रमहरु गर्दै जाने कार्ययोजना बनाएको प्रतिष्ठनका सचिव चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् ।
सम्मान कार्यक्रमको अध्यक्षत प्रतिष्ठानका उपाध्यक्ष मेनुका काफ्ले पोखरेलले आमाहरुले हामीहरुलाई नैतिकवान बन्ने समाजमा इमान्दार भएर अघि बढ्ने प्रेरणा दिएको स्मरण गरिन् । सम्मान कार्यक्रममा प्रतिष्ठानको तर्फबाट प्रदेश सांसद जसमाया गजमेर, शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भिमा शिवाकोटी, महिला नेतृ विष्णु खड्का र सीता बस्नेतको सहभागिता थियो ।
Comments