Sajhamanch Archive

युएई एक्सचेञ्जको समर योजनाः युएईमा घर, कार र दैनिक १० हजार दिराम पुरस्कार

Published: in अर्थतन्त्र, परदेश (प्रवास) by .

युएई । युएईको लिडिङ एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई लक्षित गरेर आकर्षक समर योजना सार्वजनिक गरेको छ ।

युएईमा आकर्षक घर, तीनवटा कारहरु र दैनिक १० हजार दिराम पाउन सकिने गरी युएई एक्सचेञ्जले नयाँ समर क्याम्पेन योजना ल्याएको हो ।

समर क्याम्पेन अप्रिल २४ मा शुरु भएर ७ जूनसम्म रहने युएई एक्सचेञ्जले सूचित गरेको छ । यो ४५ दिनको अवधिमा धेरैभन्दा धेरै कारोबार गर्न युएई एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

युएई एक्सचेञ्जले आफ्नो नयाँ योजना सार्वजनिक गर्दै लेखेको छ, तपाईंका सपनाहरू साकार पार्नुहोस अब युएईकै लिडिङ रेमिट्यान्स कम्पनी युएई एक्सचेञ्जबाट ।

यो योजनामा भाग लिनको लागि युएई एक्सचेञ्जको कुनै पनि शाखाहरुबाट पैसा पठाउदा, विदेशी मुद्रा साटासाट गर्दा, धितोपत्र खरिद गर्दा समर क्याम्पेनमा मेघा पुरस्कार स्वरुप दुबईमा घर जित्न सकिने युएई एक्सचेञ्जले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *