Sajhamanch Archive

जापानमा ‘हेइसी’ युगको अन्त्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा by .

काठमाडौँ ।  जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’ युगको अन्त्य भएको घोषणा पनि गरिएको छ  ।

तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो । गद्दीत्याग गर्ने क्रममा जापानी राजा आकिहितोले जापान र विश्वका सबै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।

बुधबारबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । त्यसदिन जापानमा नयाँ शाही युगको शुरुवात हुनेछ । यो युगको नाम ‘रेईवा’ दिइएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।

८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *