Sajhamanch Archive

विउवासंघको साधारणसभामा पाँच सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by .

बितोमोड । बिर्तामोड उद्योग वाणिज्य संघको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभाको नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरेका हुन् ।

उद्घाटन मन्तव्यमा प्रमुख अतिथि ढकालले संघलाई व्यवस्थित गरेर लैजान स्थानीय सरकारसँग समन्वय गर्नुको विकल्प नरहेको सुझाव दिए । साथै युवालाई केन्द्रित गरेर स्थानीय स्रोत साधनलाई सदुपयोग गरी रोजगारी सिर्जना गर्न संघ सम्बद्ध व्यवसायीलाई आग्रह गरे ।

वार्षिक साधारणसभामा संघका अध्यक्ष कुमार भट्टराइले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए । प्रतिवेदनमा वि.सं. २०३८ सालमा झापा उद्योग वाणिज्य संघको शाखाका रुपमा स्थापना भएको सो संस्था २०७३ साल पुस २४ गते बिर्तामोड उद्योग वाणिज्य संघमा रुपान्तरित भएको उल्लेख छ ।

वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सम्पन्न गर्न विशेष योगदान गर्ने पाँचजनालाई सम्मान गरिएको छ । पत्रकार केशव भट्टराई, जेसी राजेन्द्र चम्लागाईं, तथा व्यवसायीहरु रोशन प्रसाईं, विवेक प्रसाईं र श्याम खड्गी सम्मानित भएका हुन् ।

उक्त समारोहमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशवराज पाण्डे र उमेश डालमिया, उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल, नेपाल कम्युनिष्ट पार्टी बिर्तामोड नगर अध्यक्ष ज्ञानु प्रसाईंलगायतले आफ्ना धारणा राखेका थिए । यस्तै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्कीले मन्तब्य व्यक्त गरेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको वार्षिक साधारणसभाको सञ्चालन महासचिव भेषराज भण्डारी (प्रशान्त)ले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *