Sajhamanch Archive

काँकरभिट्टाबाट करोड रुपैयाँको जडीबुटी भारततर्फ निर्यात

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

मेचीनगर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीको माग पछिल्लो समय भारतमा निक्कै बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी भारततर्फ निर्यात हुने गरेको क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् ।

चालू आर्थिक वर्ष २०७५/२०७६ को चैत महिनासम्म काँकरभिट्टा नाका भएर एक करोड ३९ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको १३८ मेट्रिक टन जडीबुटी भारततर्फ निर्यात भएको कार्यालयका प्राविधिक सहायक विनयकुमार साहाले जानकारी दिएका छन् ।

उनका अनुसार ९ महिनाको अवधिमा ६५ लाख ६६ हजार रुपैयाँ बराबरको ४९ मेट्रिक टन चिराइतो, २८ लाख ५२ हजार रुपैयाँ बराबरको ६२ मेट्रिक टन रिठ्ठो, ३८ लाख २५ हजार रुपैयाँ बराबरको १७ मेट्रिक टन मजेठो तथा ७ लाख ५० हजार रुपैयाँ बराबरको १० मेट्रिक टन पदमचाल निर्यात भएको तथ्याङ्क छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/२०७५ को एकवर्षे अवधिमा यो नाका भएर २ करोड ३३ लाख ५५ हजार रुपैयाँको जडीबुटी निर्यात भएको थियो । जडीबुटी निर्यात वापत निर्यातकर्ताले १०० रुपैयाँ राजश्व बुझाउनुपर्छ ।

पछिल्लो समय भारतमा नेपाली जडीबुटीको मागबढेसँगै निर्यातमा समेत बृद्धि भएको साहाको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *