Sajhamanch Archive

ब्राजिलका पूर्वराष्ट्रपतिले गरे प्रहरीसमक्ष आत्मसमर्पण

Published: in विश्व समाचार by .

ब्राजिलका पूर्व राष्ट्रपति माइकल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए ।

पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त भएका थिए । तर बुधबार पुनः उनीमाथि लागेको अभियोगको फैसला गर्दै एक अदालतले जेल चलान गर्ने आदेश दिएको छ ।

अदालतको आदेशसँगै त्यसको सम्मान गर्दै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । यद्यपि, पूर्वराष्ट्रपतिले आफूमाथि लागेका अभियोग इन्कार गरेका छन् ।

उनले अदालतको आदेशलाई पनि खेदजनक भएको प्रतिक्रिया दिए । उनले आफूमाथि अन्याय भएकाले न्यायका लागि माथिल्लो अदालत जाने बताएका छन् । ब्राजिलको राष्ट्रपतिका रुपमा उनको कार्यकाल गत ३१ डिसेम्बर २०१८ मा मात्र सकिएको थियो ।

आत्मसमर्पणपछि उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *