Sajhamanch Archive

पृथ्वीनगरका ९० जनालाई अपाङ्गताको परिचयपत्र

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले आइतबार १, २ र ३ नं वडालाई समेट्ने गरी पृथ्वीनगरमा घुम्ती शिविर सञ्चालन गरी एकै दिन अपाङ्गता भएका ९० जनालाई परिचयपत्र प्रदान गरेको छ ।

नगर क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ–टोलमै परिचयपत्र वितरण गर्न थालिएको हो । अपाङ्गता भएकाहरुलाई परिचयपत्रका लागि नगरपालिकासम्म धाउन कठिन हुने देखिएपछि गाउँ–टोलमै घुम्ती शिविरमार्फत् परिचयपत्र वितरण गर्न थालेको नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् ।

भद्रपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालित घुम्ती शिविरमा नगरप्रमुख प्रमुख जीवनकुमार श्रेष्ठ, स्थानीय अपांगता समन्वय समितिका संयोजक तथा नगर उपप्रमुख चन्द्रामाया श्रेष्ठ, तीनवटै वडाका वडाध्यक्षहरुले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।

स्वास्थ शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले स्वागत र सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेका शिविरमा अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य संयोजक पुष्कर निरौलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *