लायन्स क्लब अफ अनारमनीमा नयाँ नेतृत्व चयन
Published:
by .बिर्तामोड । यहाँ सञ्चालित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ अनारमनीको आज सम्पन्न वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । लायन वर्ष सन् २०१९/२० का लागि नयाँ कार्यसमितिको अध्यक्षमा शैलेन्द्र कुरुम्वाङ चयन भएका छन् ।
नवगठित कमिटीका सहसचिव मिलन कोइरालाले दिएको जानकारी अनुसार कार्यसमितिको प्रथम उपाध्यक्षमा डाक्टर गौरीशंकर झा, द्वितीय उपाध्यक्षमा नवराज दाहाल, तृतीय उपाध्यक्षमा नरेन्द्रप्रसाद गुरागाईं र सचिवमा राजेश दाहाल चयन भएका छन् ।
कार्यसमितिको कोषाध्यक्षमा राजकुमार घिमिरे (राजु) र सहकोषाध्यक्षमा चित्रबहादुर पोखरेल (दिपक) तथा डाइरेक्टरहरु राजकुमार श्रेष्ठ, डा. प्रमोद साहा, कोपिला चौहान, सविता ओली, कमलमान चौहान, युवराज दाहाल र रविन्द्र भट्टराई चयन भएको जनाइएको छ ।
Comments