Sajhamanch Archive

कर्णाली साकोसद्वारा मृतक ऋणिको कर्जा मिनाहा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापाका सहकारी संस्थाहरु सामाजिक उत्तरदायित्वप्रति अत्यन्त सकारात्मक एवम् रचनात्मक ढंगबाट प्रस्तुत हुन थालेका छन् ।

सेरोफेरोका वाणिज्य र विकास बैंकले सामाजिक उत्तरदायित्वलाई उत्तिधेरै वास्ता नगरिरहेको सन्दर्भमा सहकारीका सदस्यले जन्मदेखि मृत्युसम्मका सुख दुःखमा साथ पाइरहेका भेटिन्छन् । यस्तै वातावरणीय एवम् पर्यावरणीय क्षेत्रमा पनि सहकारी संघ–संस्थाहरु क्रियाशील रहेका छन् ।
शनिबारमात्रै बिर्तामोडको हाम्रो नेपाल साकोस र कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ऋणि सदस्यको निधनप्रति शोक व्यक्त गर्दै उनीहरुले लिएको कर्जा मिनाहा गरिदिएका छन् ।

बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली साकोसको गोलधाप सेवाकेन्द्र अन्तरगतका सदस्य लक्ष्मीप्रसाद बाँस्तोलाको कर्जा २ लाख १३ हजार ४१६ रुपैयाँ मिनाहा गरिदिएको हो । हल्दिबारी गाउँपालिका वडा नं. १ गोल्धापका शेयर सदस्य बाँस्तोलाको वैशाख २९ गते निधन भएको थियो ।

शेयर सदस्य बाँस्तोलाको मृत्युपछि बाँकी कर्जा मिनाहा गरिएको पत्रसहित उनको परिवारलाई काजकिरिया सहयोग ६ हजार रुपैयाँसमेत प्रदान गरिएको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, सचिव भूपाल बस्नेतसहित सञ्चालकहरु र विभागीय प्रमुखहरु बाँस्तोलाको घरमा नै पुगेर कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन् ।

यसैबीच, बाह्रदशी गाउँपालिका वडा नं. ५ कटहरडाँगीका शेयर सदस्य शोभा बर्देवाका ६६ वर्षे ससुराबुवा मनोहरि बर्देवाको मुखमा क्यान्सर भएकाले उपचार सहयोगार्थ पाँच हजार रुपैयाँ प्रदान गरिएको छ । विपन्न बर्देवा परिवारका अभिभावक क्यान्सरजस्तो घातक रोगसँग लडिरहेको पाइए पछि संस्थाको सदस्य राहत नीति बमोजिम यस्तो सहयोग प्रदान गरिएको सचिव भुपाल बस्नेत बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *