Sajhamanch Archive

सडक चेतना जगाउँदै मिस एसईईका प्रतियोगी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागीहरुलाई सडक सुरक्षा सम्बन्धी तालिम दिइएको छ । ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको इकोम मिस एसईई प्रतियोगितामा ३४ जनाको सहभागिता छ ।

आगामी जेष्ठ २० गते ग्राण्ड फिनाले गरिने इकोम मिस एसईई प्रतियागिताका सहभागीहरुलाई विषयगत विज्ञहरुबाट सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइँदै आएको छ ।

सोहीक्रममा आज जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक नारायण आचार्य नेतृत्वको ट्राफ्रिक प्रहरी टोलीले सडक दूर्घटनाको कारण, सडक सुरक्षा, ट्राफिक नियम तथा चिन्हको बारेमा जानकारी गराएका हुन् ।

मिस एसईईका सहाभागीले बिर्तामोडको मुक्तिचौकमा ट्राफिक प्रहरीको सहकार्यमा सर्वसाधारणलाई ट्राफिक सचेतनासमेत प्रदान गरेका ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *