Sajhamanch Archive

भवानी–पद्म पुरस्कार शहीद गोविन्द गौतमको पत्नी लक्ष्मीलाई प्रदान

Published: in राष्ट्रिय समाचार, समाज by .

दमक । गौतम कुलवंश प्रतिष्ठानले यसवर्षको भवानी–पद्म पुरस्कार शहीद गोविन्द गौतमको श्रीमती लक्ष्मी गौतमलाई प्रदान गरेको छ ।

शहीद गोविन्दले पुनर्वास नगरपालिकाको आनन्दबजार आवतजावतका लागि आफ्नो भूमिमा कल्र्भट बनाउन खोज्दा भारतीय सुरक्षा बल एसएसवीले गोली हानेर २०७३ फागुन २६ गते हत्या गरेको थियो । राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमताको पक्षमा वहादुरीपूर्वक संघर्ष गर्दागर्दै भारतीय विस्तारवाद र हस्तक्षेप विरुद्ध संघर्ष गर्दागर्दै जीवन वलिदान गरेका थिए ।

दमक १० स्थित नलबाडीमा प्रतिष्ठानले शुक्रबार सो पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानका संरक्षक, पत्रकार भवानी प्रसादगौतमले नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर शहीदपत्नी लक्ष्मी गौतमलाई पुरस्कृत गरेका हुन् । प्रतिष्ठानको पुरस्कार कोषका प्रमुख संस्थापक तथा पत्रकार तोया गौतमले शहीद गोविन्द्रको चिनारीसहित उनलाई पुरस्कृत गर्नुपर्ने कारणका बारेमा समारोहमा प्रकाश पारेका थिए ।

प्रतिष्ठानका अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पुनर्वास नगरपालिकाको ५ लाख रुपैयाँ र सुदुर पश्चिम प्रदेश सरकारको ८ लाख रुपैयाँ लगानीमा आनन्दबजार छेउमा शहीद गोविन्द गौतमको पूर्णकदको शालिक र शहीदपार्क निर्माणको काम भइरहेको जानकारी दिइयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *