Sajhamanch Archive

बुद्धशान्तिमा जीप फ्लाइङको सम्भावना

Published: in खेलकुद, टिप्स/जानकारी, मुख्य समाचार, by .

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मन पराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाइङ खेल सञ्चालनमा छन् ।

झापाको बुद्धशान्तिमा पनि जीप फ्लाइङको सम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्बर ६ लाई जोड्ने गरी जीप फ्लाइङ सञ्चालन गर्न सकिने सम्भावना देखिएको हो । वडा नम्बर ७ को जरेबरबाट वडा नम्बर ६ सम्मको दूरीमा यो खेल सञ्चालन गर्न सकिने इन्जिनियर अर्जुन घिमिरेले बताएका छन् ।

टिमाई खोलाको वारिपारी गरेर यो खेल सञ्चालन गर्न सकिने सम्भावना छ । ‘यस क्षेत्रमा जीप फ्लाइङको सम्भावना छ, यसलाई अध्ययन गरेर यकिन गर्न सकिन्छ’ इन्जिनियर घिमिरेले भनेका छन् ।

नेपालमा जीप फ्लाइङका लागि भारत, अमेरिकालगायत युरोपियन मुलुकका पर्यटकहरु बढी आउने तथ्याङ्कले देखाएको छ । सो क्षेत्र भारतको सिमाना नजिक भएकाले भारतीय पर्यटक अत्याधिक आउन सक्नेछन् ।

जीप फ्लाइङ गर्नेमा आन्तरिक पर्यटकहरु पनि अत्याधिक हुने तथ्याङ्कमा देखाइएको छ । जीप फ्लाइङ सञ्चालन गर्न विजुलीको पनि आवश्यकता पर्दैन । जसले सञ्चालन लागत कम हुन्छ । यो खेल डोरीको सहायताले बसेर अथवा सुतेर खेल्न सकिन्छ ।

यो खेल गुरुत्वार्कषण बलको सहायताले खेलिने हुँदा अन्य बाहिरी इन्धनको प्रयोग गर्नुपर्दैन । खेल्ने व्यक्तिले हेन्ड ब्रेकको सहायताले उडान नियन्त्रण गर्नुपर्ने हुन्छ । साहसिक खेलका रुपमा मात्र होइन यसलाई सामान ओसार प्रसारमा पनि प्रयोग गर्न सकिने बताइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *