Sajhamanch Archive

सकारात्मक सोच्ने तालिम

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कमल । सकारात्मक सोच विकास सम्बन्धी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि आयोजित तीन दिने तालिम आजदेखि सुरु भएको छ ।

मेची युनेस्को क्लबको आयोजनामा सुरु भएको तालिममा विद्यालयको शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हिमाल ओझा र यादव पोखरेलले सहजीकरण गरिहेका छन् ।

कमल गाउँपलिकाको वित्तीय सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्, ‘विद्यालयको भौतिक संरचना राम्रो हुँदैमा शैक्षिक गुणस्तर सुधार नहुने तर शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक कर्मचारीमा सकारात्मक सोचको विकास हुन आवश्यक रहेको बताइन् ।’

यस्तै गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले समाजमा विकृति र विसंगति हुनुमा पनि सकारात्मक सोचको अभावका कारणले हो भन्दै तालिमले शैक्षिक गुणस्तरका साथै सामाज परिवर्तनमा पनि सहयोग पुर्याउने बताए ।

मेची युनेस्को क्लबका अध्यक्ष भिमचन्द्र न्यौपानेको अध्यक्षतामा भएको तालिममा उपाध्यक्ष उमानाथ भण्डारीले स्वगत मन्तव्यसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

यस्तै, मदन भण्डारी प्रतिष्ठानका सामुदायिक विकास प्रमुख रुद्रबहादुर तामाङ्गले वर्तमान समयमा यस्तो तालिम अत्यन्तै प्रभावकारी हुने भएको सहभागीलाई तालिमबाट फाइदा दिन अनुरोध गरे ।

क्लवका कोषाध्यक्ष विष्णुप्रकाश निरौलाले सञ्चालन गरेको तालिममा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयबाट शिक्षक, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *