Sajhamanch Archive

सिम्रिको सदस्य शिक्षा कार्यक्रममा शेयर सदस्यलाई उपचार सहयोग प्रदान

Published: in राष्ट्रिय समाचार, सहकारी by .

कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज सुरुङ्गामा नयाँ शेयर सदस्यहरुलाई स्वागत र सम्मानसहित एक दिवसीय सहकारी शिक्षा तथा केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका सचिव एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कनकाई नगरपालिका वडा नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरियाले गरिदिएका हुन् ।

सदस्य शिक्षा तालिम उद्घाटन पछि मन्तव्य राख्दै वडाध्यक्ष चिमरियाले सिम्रिक साकोसले दिने सेवा गुणस्तरीय एवम् आर्थिक सामाजिक क्षेत्रमा अब्बल रहेकाले जिल्लाका हरेक स्थानीय तह र वडाहरुसम्म विस्तार गर्न सुझाव दिए ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सहजीकरण गरेको सदस्य शिक्षा तालिममा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, कोपोमिस र बिर्तामोड नगरपालिकाले बनाएको सहकारी ऐनका सकारात्मक पक्षहरु बारे छलफल गरेका थिए ।

उक्त कार्यक्रममा संस्थाका शेयर सदस्य हेमकुमारी लिङ्देनको सासुको मृत्युको काजकिरिया सहयोग बापत १५ हजार रुपैयाँ, लक्ष्मी भण्डारीका श्रीमतीको उपचार खर्च वापत १३ हजार रुपैयाँ र र रामबहादुर चौहानको श्रीमतीको उपचार सहयोगमा छ हजार ५०० प्रदान गरिएको थियो ।

सिम्रिक साकोसका अध्यक्ष कमलबहादुर बस्नेतले सदस्य शिक्षा तालिम, लघुवित्त विभागका केन्द्र प्रमुखहरुको गोष्ठी आयोजना गर्नुको औचित्य माथि प्रकाश पारेका थिए । सो अवसरमा अध्यक्ष बस्नेतले गत वैशाख मसान्त सम्मको वित्तीय कारोबारको अपरिस्कृत तथ्याङ्क सुनाएका थिए ।

कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए भने आमन्त्रितहरुलाई सुरुङ्गा सेवा केन्द्रका प्रमुख इन्दिरा भट्टराईले मन्तव्य मार्फत स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *