अर्जुनधारामा सहकारी ऐन तर्जुमा सम्बन्धी अन्तरक्रिया
Published: (Updated: )
by .अर्जुनधारा । स्थानीय सरकारले सहकारी ऐन बनाउनु पर्ने प्रावधानअनुरुप अर्जुनधारा नगरपालिकाले नगर भित्रका सहकारीसँग सहकारी ऐन तर्जुमा सम्बन्धी आज अन्तरक्रिया गरेको छ ।
नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा सहकारी ऐन तथा नियम तर्जुमा गर्दा के कस्ता प्रावधानहरु राखेमा सहकारी अभियान मैत्री हुनसक्छ भनी सुझावहरु संकलन गरिएको हो ।
अन्तरक्रियामा सहभागी सहकारीका संस्थाका अध्यक्ष, सचिव वा सञ्चालकहरुसँग नगरपालिकाले बनाउने सहकारी ऐनमा के कस्ता प्रावधान राख्ने भनी सुझाव मागिएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । अन्तरक्रियामा संकलित सुझावहरुकै आधारमा सहकारी ऐन तथा नियम बनाइने नगर प्रमुख रानाको भनाई छ ।
सहकारी संस्थालाई लाग्ने व्यावसाय कर, आयमा लाग्ने कर–राजश्व, दर्ता, नवीकरण, सदस्यता र कार्यक्षेत्र लगायतका विषयहरुमा व्यवस्था गर्नुपर्ने भनी सुझावको रुपमा आएका छन्, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।
नगरप्रमुख रानाको अध्यक्षतामा भएको अन्तरक्रियामा अर्जुनधारा नगरपालिका कार्यक्षेत्र रहेका ४६ वटा सहकारी संस्थामध्ये ३९ वटाबाट प्रतिनिधित्व रहेको प्रशासकीय अधिकृत विजयकुमार शर्माले जानकारी दिए ।
Comments