Sajhamanch Archive

किराया पृथ्वीनगरद्वारा सम्मान र पुरस्कार प्रदान

Published: in टिप्स/जानकारी, समाज by .

भद्रपुर । उभौली (साकेला) पर्वको अवसर पारेर किरात राई यायोक्खा पृथ्वीनगर भद्रपुरले विविध कार्यक्रम गरेको छ । यायोक्खा संयुक्त प्रारम्भिक समितिले भद्रपुर २ स्थित संयुक्त धार्मिक स्थल कमलधापमा ज्येष्ठ नागरिक सम्मान, साकेला नाच, उत्कृष्ट विद्यार्थी पुरस्कृतलगायत कार्यक्रम गरेको हो ।

समितिले ज्येष्ठ नागरिक सम्मानबाट ९२ वर्षीय शेरबहादुर राई, ८६ वर्षकी चन्द्रकला राई, ८२ वर्र्षीय कर्णबहादुर राई र एसईई २०७४ मा प्रथम हुने आशिका राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी भद्रपुर, चन्द्रगढी, हल्दिबारी, बिर्तामोड, बुट्टाबारी, अर्जुनधारा, गोलधाप, पृथ्वीनगरलगायत स्थानबाट साकेला नाच प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बुट्टाबारी, अर्जुनधारा र गोलधापलाई क्रमश १० हजार, ८ हजार र ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सामेल भएका सन्थाल, तामाङ किराँत धर्म तथा साहित्य उत्थान सङ्घ लगायतलाई समेत सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।

नगर अध्यक्ष बीरबहादुर राईको सभापतित्व तथा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खसक्षेत्री एकता समाजका केन्द्रीय सदस्य पृथ्वीनारायण कार्की, राजवंशी विकास समिति झापाका अध्यक्ष पुकार राजवंशी, नेकपा भद्रपुर नगर अध्यक्ष शिवराज राजभण्डारी, काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । बलबहादुर राइले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्देश राईले गरेका थिए ।

त्यसैगरी विभिन्न जातजातिका मौलिक परम्परालाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबारबाट शुरु भएको प्रथम कमलधाप उभौली साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । कमलधाप संयुक्त धार्मिकस्थल संरक्षण समितिले धार्मिकस्थल पहिचानसहित आन्तरिक पर्यटनको चहलपहलका लागि ६ दिने महोत्सवको आयोजना गरेको थियोे ।

संयुक्त धार्मिकस्थल धार्मिक सहिष्णुता तथा एकताको साझा केन्द्रको रूपमा रहिआएको एउटै स्थानमा विभिन्न १३ जातजातिका मठमन्दिर रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *