बिर्तामोडमा दुई दिन एडभान्स प्लम्बर तालिम
Published:
by .बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित समाधानका उपायहरु सिकाईएको सेल्स मेनेजर विकासकुमार कर्णले जानकारी दिएका छन् ।
कर्णका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पीके जैन र हरिसचन्द्र सोनीले सहजीकरण गरेका थिए । यसअघि पूर्वाञ्चलका विभिन्न जिल्ला र स्थानहरुमा गरी १६ वटा तालिम दिइसकिएको पनि सेल्स मेनेजर कर्णले जानकारी दिए ।
झापामा रहेका प्लबरहरु धेरैजसो तालिम बिना नै कार्यरत रहेको बताउँदै बिर्तामोड डिपो इन्चार्ज मोहन थापाले उनीहरुलाई सीपमूलक ज्ञान दिई रोजगारी गर्न व्यवस्थित बनाउन सफल हुने बताए । बिर्तामोड डिपो इन्चार्ज थापाका अनुसार तालिममा सहभागी ८१ जना प्लम्बरहरुबाट तालिमपछि लिएको परीक्षाबाट उत्कृष्ठ ३ जनालाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेमा दिपेश धिमाल प्रथम, भिमबहादुर खड्का द्वितीय र बिनोदकुमार राई तृतिय भएका छन् । प्रथम हुने धिमालले पीपीआर फिटिङ मेसिनसहित मायाको चिनो, द्वितीय हुने खड्कालाई पीपीआर हिटिङ मेसीन र तृतिय हुने राईलाई कटर मेसीन प्रदान गरिएको छ ।
तालिममा सहभागीलाई सेन्स मेनेजर विकासकुमार कर्ण, बिर्तामोड डिपो इन्चार्ज मोहन थापा, सहजकर्ता पीके जैन र हरिसचन्द्र सोनीले सर्टिफिकेट प्रदान गरेका छन् ।
Comments