ग्राभेलको ढुङ्गा उछिट्टिएर उपप्रमुखको गाडी फुट्यो
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतराले चलाएको कारमा अर्को सवारीको टायर पड्किँदा क्षति पुगेको छ ।
५ नं. वडा सदस्य लक्ष्मी बाँस्कोटाका अनुसार कारको सबै सिसा फुटेका छन् । आफैंले हाँकिरहेको कारको अगाडिको भागमा कुनै क्षति नभएकाले उपप्रमुखलाई कुनै चोटपटक भने लागको छैन ।
हर्कलाल मार्ग भनिने शहीद राममार्गमा आफैं कार चलाएर बैठकमा जाँदै गर्दा उपप्रमुख महतराको गाडी दूर्घटनामा परेको हो । सो सडक निर्माणको बैठकका लागि आज बिहान ९ बजे उपप्रमुख बैठकस्थल जाँदै गर्दा टिपरको टायर पड्किएर उनी सवार गाडीको सिसा फुटेको छ ।
निर्माणाधिन सडकको किनारामा निर्माण सामग्री झारिरहेको टिपरको टायर अकास्मात पड्किँदा ग्राभेलको ढुङ्गा उपप्रमुख सवार कारमा ठोकिएको थियो ।
घटना पछि निर्माण कन्ट्रक्शनको को १ ख ६४६७ नम्बरको टिपरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ।
Comments