Sajhamanch Archive

दमकबासी फोहोर विरोधी भए

Published: in समाज, स्थानीय तह by .

दमक । गाउँ, टोल र वडाको सरसफाईलाई अभियानका रुपमा निरन्तरता दिने उद्देश्यले दमक नगरपालिका वडा नम्वर ८ कार्यालयले आजदेखि सरसफाई सप्ताह शुरु गरेको छ । टोलबासी, संघ–संस्थाका प्रमुख प्रतिनिधि, विद्यार्थी, स्थानीय सरकार र सर्वसाधारणको सहभागितामा जेसीज मार्गबाट सरसफाई शुरु गरिएको हो ।

सरसफाईमा सहभागीहरुले कुटो, कदालो लिएर झाङ्ग झाडी सफा गर्ने, झारहरु उखल्ने, सडक, बाटो किनारमा फालेको गुट्खा, मधुलगायतका प्लाष्टिकजन्य फोहोर मैला दमक नगर पालिकाको फोहोर संकलन गर्ने गाडीमा हालेर पठाइएको छ ।

८ नम्बर वडा कार्यालय र दमक जेसीजले आयोजना गरेको जेसीज मार्गबाट शुरु भएको सरसफाई अभियान आउदो जेठ १६ गतेसम्म चल्ने छ । सरसफाई सप्ताह शुरु हुन अघि टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले डस्विन वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *