Sajhamanch Archive

कर्णाली र गौरीगञ्जको सहकार्यमा तालिम सुरु

Published: in सहकारी, स्थानीय तह by .

गौरीगञ्ज । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गौरीगञ्ज गाउँपालिका वडा नं. ४ को संयुक्त आयोजनामा आज तीन महिने सिलाई बुनाई तालिम उद्घाटन गरिएको छ । तालिममा प्रशिक्षार्थी बन्न २५ जनाले नाम दर्ता गराएको जनाइएको छ ।

गौरीगञ्ज ४ स्थित नयाँबजारको पुरानो स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता गौरीगञ्ज ४ का वडाध्यक्ष कुलप्रसाद गिरीले गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको तीन महिने सिलाई बुनाई तालिममा प्रशिक्षार्थीहरुलाई मेनुका ताजपुरियाले सहजीकरण गर्नेछिन् ।

तालिम उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, विभागीय प्रमुख चिदानन्द सुवेदी, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्षसहित वडाध्यक्ष, सचिव र सदस्यहरुको सहभागिता थियो ।

तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाको जुरोपानी सेवाकेन्द्र प्रमुख ताराबहादुर राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *