Sajhamanch Archive

एक्सेल बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । योसँगै एक्सेल बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या तीन पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले आइतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्यामबहादुर बोहोरा र अपरेसन प्रमुख सुमन लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस्तै, एशियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र बिर्तामोड शाखाका प्रमुख रितु प्रधानले संयुक्तरुपमा हस्ताक्षर गरे ।

ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३२ शाखाहरुबाट एशियन लाइफको जीवन बीमा गर्नुका साथै यस सम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ । बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरी ग्राहकलाई बीमा सेवा प्रदान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *