Sajhamanch Archive

महिला चेम्बर अफ कमर्श बुद्धशान्तिको गठन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका व्यवसायी महिलाहरुको भेलाले आज नेपाल महिला चेम्बर अफ कमर्श बुद्धशान्ति गठन गरिएको छ । समितिको अध्यक्षमा देवकुमारी मगर (शेर्मा) सर्वसम्मत चयन भएकी छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमला प्रधान, वाणिज्य उपाध्यक्षमा हिमा खतिवडा, उद्योग उपाध्यक्षमा चन्द्रा न्यौपाने चयन भएका छन् । त्यस्तै महासचिवमा नर्वदा चापागाईं बाँस्कोटा चयन भएकी छन् । उद्योग सचिवमा शान्ता श्रेष्ठ, वाणिज्य सचिवमा हेमा चापागाईं र कोषाध्यक्षमा मञ्जु तिम्सिना सर्वसम्मत चयन भए ।

२७ सदस्यीय समितिको सदस्यमा पुनम पौड्याल, ललिता पोखरेल, अनु लिमखिम राई, उषा बराईली, दिप्ती मैनाली, भीमा कोइराला, स्मिता ठकुरी, दुर्गा मगर, गंगा लिम्बु, रिमा कोइराला, अनिता विश्वकर्मा, सेमी केसी प्रसाईं, सुमि अधिकारी, पिङ्की राय लगायत रहेका छन् ।

नेपाल महिला चेम्बर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यमा भएको भेलाबाट समिति सर्वसम्मत चयन भएको हो ।

नेपाल महिला चेम्बर अफ कमर्श झापाकी महासचिव शर्मिला शाक्यले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि घिमिरे, नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल, झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईं, नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति अध्यक्ष धरणी पोखरेललगायतले महिला चेम्बरको गठनका बारेमा मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *