लुम्बिनी भ्रमण गर्न झापाबासीलाई निम्तो
Published:
by .मेचीनगर । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा सभ्य र भव्यरुपमा सम्पन्न गर्न आग्रह गर्दै र्यालीसहितको टोली बुधबार झापा आइपुगेको छ । लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसारका लागि टोली झापा आइपुगेको हो । झापाको मेचीनगरमा आइपुगेको र्यालीलाई ट्राभल संघ झापा, मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टालगायत विभिन्न संघ–संस्थाले आज स्वागत गरेका छन् ।
र्यालीमा सहभागीले ५ नम्बर प्रदेश सरकारकोतर्फबाट आम नगरबासी र झापाबासीलाई पठाइएको निमन्त्रणा पत्र ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीलाई प्रदान गरेको थियो । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔ, शन्तिको सन्देश फैलाऔं’ भन्ने नारासहित लुम्बिनी भ्रमण वर्ष २०७६ आयोजना गरिएको छ ।
प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । यस अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धसर्किटसँगै सम्बन्धित स्थानहरु एवम् ५ नम्बर प्रदेशका अन्य पर्यटकीय महत्वका ऐतिहासिक स्थलहरुको भ्रमण गराउने उद्देश्य रहेको छ । ५ नम्बर प्रदेशका उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्री लीला गिरीले आम नगरबासीलाई उपस्थितिका लागि आग्रह गरेका छन् ।
संघका अध्यक्ष निरबहादुर कार्की नेत्रले मेचीनगरबासीकातर्फबाट निमन्त्रणा पत्र स्वीकार गर्दै भ्रमण वर्ष सफल बनाउन तन, मन र धनले सहयोग गर्ने बताए ।
Comments