Sajhamanch Archive

ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तरकोरियाले दियो ४ परराष्ट्र अधिकारीलाई मृत्युदण्ड

Published: in विश्व समाचार by .

उत्तर कोरियाले गत फेब्रुअरीमा भएको हानोइ वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ ।

गत फेबु्रअरीमा भियतनामको हानोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता भएको थियो । यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड दिइएको दक्षिण कोरियाको पत्रिका ‘छोसुन इल्बो’ले जनाएको छ ।

च्योलसँगै अन्य तीन अधिकारीले पनि मृत्युदण्ड पाएका छन् । सर्वोच्च नेता उनले भनेको कुरा ट्रम्पसमक्ष सही अनुवाद गर्न नसकेको भन्दै एक दोभाषेले एक महिनाको जेल सजाय पाएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *