यस्ता छन् भद्रपुरका नगर प्रमुखसमक्ष शिक्षकका ४ माग
Published:
by .भद्रपुर । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले भद्रपुर नगरपालिकाको शिक्षामा सुधार तथा विकास गर्नका लागि नगर प्रशासनलाई सुझाव पेश गरेको छ ।
महासंघका नगर अध्यक्ष गणेश गिरीको नेतृत्व टोलीले नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्र विकासका लागि वजेट विनियोजन गर्दा सामुदायिक विद्यालयको पूर्वाधार विकास, शैक्षिण सामग्री परिचालन, शिक्षकको क्षमता विस्तार, कर्मचारीको समस्या समाधान, बाल विकास सहयोगीका समस्या हल, संस्थागत विद्यालयका शिक्षक, कर्मचारी लगायतका समस्या हल गर्नुपर्नेजस्ता विषय समेटेर सुझाव दिएको हो ।
सुझावपत्रमा ४ वटा मुख्य विषय बनाई सम्बोधनका लागि नगर नेतृत्व समक्ष प्रस्तुत गरिएको छ । पहिलो नम्बरमा विद्यालयका कर्मचारीलाई दरबन्दी सिर्जना गरी उचित पारिश्रमिकसहित सरकारी मापदण्ड अनुरूप सेवा सुविधाको माग गरिएको छ । दोस्रो नम्बरमा बाल शिक्षकका समस्या उठान गर्दै दरबन्दी कायम गरी उचित पारिश्रमिक निर्धारण हुनुपर्ने, शिक्षण सामग्री व्यवस्था लगायत सुझाव राखिएको छ ।
यस्तै तेस्रो नम्बरमा संस्थागत विद्यालय शिक्षकका समस्या उठान गरी पेसाको सुनिश्चिता कायम राखी नियुक्तिपत्र, सरकारी विद्यालय सो सरहको तलब सुविधा, विदा व्यवस्थापन, तहगत योग्यताका आधारमा पारिश्रमिक निर्धारण गर्न सुझाव दिएको छ । चौथो नम्बरमा समग्र शिक्षा सुधारका लागि शिक्षक तालिम, शैक्षिक सामग्री, प्राविधिक उपकरण व्यवस्थापन लगायत सुझाव समेटिएको छ ।
Comments