Sajhamanch Archive

हल्दिबारीमा पनि सीमसार पर्यटकीय स्थल बनाइँदै

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, स्थानीय तह by .

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको भेलागढी सामुदायिक वन उपभोक्ता समितिले यस वर्षबाट सुरू गरेको पर्यटकीय स्थल निर्माण तथा सीमसार क्षेत्र संरक्षण कार्य अन्र्तगत पहिलो चरणको काम सम्पन्न गरेको छ ।

पूर्वमा भद्रपुर १० तथा उत्तरमा बिर्तामोड ८ को केही क्षेत्रसमेत समेटिएको पर्यावरणीय क्षेत्र संरक्षण गर्दै वन समितिले प्राकृतिक स्रोत परिचालन अन्र्तगत बहुवर्षे योजनाका रूपमा सञ्चालित ८ करोड ३४ लाख लगानीमा सीमसार क्षेत्र विकास कार्यलाई तीब्रता दिने क्रममा पहिलो चरणमा एक करोड ३६ लाखको काम सम्पन्न गरेको हो ।

प्रदेश सरकार मार्फत हल्दिबारी गाउँपालिकामा परिचालित रकमबाट सीमसार क्षेत्र विकास कार्यलाई बहुवर्षे योजनाका रूपमा चालु आर्थिक वर्षको चैतबाट काम सुरू गरेको समितिले आफ्नै मातहतमा निर्माण कार्य गरिरहेको छ । ३ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी ८ करोड ३४ लाख रकम छुट्याइएकोमा यसवर्ष पहिलो चरणका लागि आएको एक करोड ३६ लाखको काम सकेर थप दास्रो चरणको काम थालिएको वन समितिका सदस्य मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन् ।

 

रेग्मीका अनुसार पहिलो चरणमा सो क्षेत्रमा २६ वटा टहरा निर्माण, सीमसार क्षेत्र जोड्ने रिङरोडको ट्र्याक निर्माण, काठे पूल निर्माण तथा पोखरी निर्माणलगायत आधारभूत काम सम्पन्न भएका छन् । समितिका अर्का सदस्य टिका दाहालका अनुसार सीमसार क्षेत्रमा भ्यू टावर, झोलुङ्गे पूल, सोलार बत्ती जडान, रिङरोड, काठे पूल, पोखरीलगायतका संरचना निर्माण हुने छन् ।

समितिले आफ्नै रेखदेखमा निर्माण कार्यगर्दा ५० प्रतिशत रकम बचत भएको अनुभवसमेत दाहालले सुनाए । उनका अनुसार ठेक्कामा काम दिँदा ठेकेदारले लिने नाफा रकम बचत हुँदा सीमसार क्षेत्र जोड्ने मूल सडक स्तरीकरणमा सहयोग पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *