प्रधानमन्त्री रोजगार कार्यक्रमः कमलका १०० युवाले पाए काम
Published:
by .कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पहिलो चरण १०० जनाले ३० दिनको रोजगारी पाएका छन् ।
राष्ट्रिय कार्यक्रम अन्तरगत रोजगारीका लागि फारम भरेका १ हजार ३७० जनामध्ये पहिलो चरणमा १०० जनालाई रोजगारी दिनेगरी अभिमुखीकरण गरिएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए । अभिमुखीकरण तालिममा रोजगारी श्रृजना हुनसक्ने क्षेत्र, सेवा सुविधालगायतका बारेमा जानकारी गराइएको छ ।
कमल गाउँपालिकालाई समृद्ध बनाउँदै यहाँका जनतालाई सुखी बनाउने अभियान आफूहरुको रहेको सुनाउँदै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सो अभियानमा पूरा गर्न बेरोजगारको फारम भरेर छनौट भएका युवाको साथले सम्भव बताइन् ।
रोजगार कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले धेरै युवा रोजगारीका लागि विदेश गएका र विदेशमा श्रम गर्दा भोगका दुख र यातना खेपेको कुराले वर्तमान सरकारलाई यस्तो कार्यक्रम ल्याउन घच्घच्याएको बताए ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अब देशमा नै आफूले जानेको सीपको आधारमा रोजगारी पाइने भएकाले सबैले आफ्नै काम सम्झेर जिम्मेवारी पूरा गर्न सहभागी युवालाई अनुरोध गरे ।
Comments