Sajhamanch Archive

कांग्रेस भद्रपुर जागरुक बन्दै ! नगर नेतृत्वलाई दिनहुँ ज्ञापन

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर ३ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट बेवास्ता गरिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ ।

विकट वडाको पहिचान पाएको सो वडामा काँग्रेसले निर्माणाधीन भैसावाडी जोड्ने मेची खोलाको झोलुङ्गे पूल, धिमालधुरामा रहेको अरनीको मावि विद्यालय भवन बनाउन दबाव दिएको हो ।

वडाका दर्जनौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । वडाध्यक्ष कमला थुलुङ मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई वडाको विकासमा विभेद नगर्न अनुरोध गर्दै ज्ञापन पत्र पठाइएको हो ।

ज्ञापनपत्रमा स्थानीय नागरिकका समस्या हल गर्न नगरको नेतृत्व लिने जनप्रतिनिधिले बेवास्ता गरेकोले सडक, पूल, कल्भर्ट निर्माण, खेलकुद, खानेपानी, सिंचाइ लगायत समस्याको हल गर्न माग गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *