Sajhamanch Archive

केरखामा तीन महिने मोटरसाइकल मर्मत तालिम समापन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by .

कमल । कमल गाउँपालिकामा अब कोही पनि बेरोजगार बस्न नपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले दावी गरेकी छन् ।

कमल गाउँपालिकाको वित्तीय सहयोगमा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन महिने मोटरसाइकल मर्मत तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष काफ्लेले यस्तो बताएकी हुन् ।

‘गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी भइसकेकोले अब आफ्नो सीप र दक्षताका आधारमा सबैले रोजगारी पाइनेछ । अबका दिनमा यहाँ बसोबास गर्ने सबै जनशक्तिले आ–आफ्नो क्षमताका आधारमा रोजगारी पाउने विश्वास दिलाउँछु’ अध्यक्ष काफ्लेले बताइन् ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष नरप्रसाद दंगाल, अनुगमन समितिका सदस्य चक्र गुरुङ्ग, संस्थाका उपाध्यक्ष बलराम गजुरेल लगायतले मन्तव्य राखेका थिए ।

कमल गाउँपालिकाका १९ जना युवाले तीन महिनासम्म मेकानिकको तालिम लिएका हुन् । उनीहरुलाई गोपाल राइले प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रमको सञ्चालन व्यवस्थापक फणिन्द्र बहादुर कार्कीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *