Sajhamanch Archive

सारेगम लिटिल च्याम्स प्रितम अब इटहरीका बाल सद्भावना दूत

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरले बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ । आज नगर उपप्रमुख लक्ष्मी गौतमले प्रितमलाई बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरेकी हुन् ।

सो कार्यक्रममा उपप्रमुख गौतमले इटहरीका बालक प्रितमले इटहरीको नाम विश्वभर चिनाउन योगदान गरेको भन्दै धन्यवाद पनि दिइन् । इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने विषयमा छलफल सुरु भएको उनको भनाई छ ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गर्दै टोपी र माला पहिर्याएर विशेष सम्मान प्रदान गरे ।

सद्भावना दूतको प्रमाणपत्र ग्रहण गर्दै प्रितम आर्चायले आफूलाई यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सहयोग र इटहरीबासीको मायाप्रति आभार प्रकट गरेका छन् । प्रितमले सो कार्यक्रममा ‘देशले रगत मागे मलाई बली चढाऊ …’ बोलको चर्चित गीत गाएका थिए ।

यसअघि प्रतियोगितामा भाग लिन भारत जानुअघि प्रितमलाई इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गरी उत्कृष्ट गायनमार्फत् देशको नाम उँचो राख्न शुभकामना दिएका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *