Sajhamanch Archive

हङ्कङका केही सरकारी कार्यालयहरु बन्द

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि हङ्कङका केही सरकारी कार्यालयहरु बन्द गरिएको छ ।

हङ्कङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो ।

आज विहानैदेखि प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस प्रहार गरेको थियो । प्रस्तावित विधेयकमाथि छलफल हुनु अघिको प्रदर्शन हिंसात्मक बनेको हो ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौँ मानिस सडकका उत्रिएका छन् ।

विधेयकले हङ्कङका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङ्कङका व्यवसायीहरूले पनि विरोध गरेका छन् ।

विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले विधेयक पारित गर्ने अपेक्षा गरिएको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *