भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस
Published: (Updated: )
by .भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बिहीबार योगाभ्याससहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा मेची रंगशालास्थित कभर्ड हलमा डेढ घण्टा योग अभ्यास गर्दै चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
समितिका अध्यक्ष भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले गरेका थिए ।
उनले व्यस्त जीवनशैली, अनियमित खानपिन, प्रदुषित वातावरणले मानिसमा विभिन्नखाले स्वास्थ्य समस्या देखापर्न थालेको भन्दै नियमित योग अभ्यासले मानिसलाई स्वस्थ रहन मद्दत पुग्ने उल्लेख गरे । उनी पूरै समय विभिन्न आसनका योग अभ्यासमा सहभागी भए ।
यसअघि विभिन्न संघ–संस्थाको सहभागितामा योग सम्बन्धी चेतनामूलक प्लेकार्डसहित र्याली निकालिएको थियो । चन्द्रगढीको लेखनाथचोकबाट शुरु भएको र्याली कभर्ड हलमा पुगेर सभामा परिणत भएको थियो ।
Comments