Sajhamanch Archive

बुद्धशान्तिमा पनि डेङ्गु संक्रमित भेटिए

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by .

बुधबारे । झापाको बुद्धशान्तिमा पनि एक जना डेङ्गुका बिरामी भेटिएका छन् ।

विभिन्न ठाउँमा डेङ्गु संक्रमित भेटिइरहेका बेला बुद्धशान्ति वडा नम्बर ६ का ३५ वर्षीय एक पुरुषमा डेङ्गु देखिएको हो ।

ती व्यक्तिलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले डेङ्गु भएको पुष्टि गरेका हुन् ।

बिर्तामोडको मनमोहन अस्पतालमा उपचाररत ती डेङ्गु संक्रमितको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *