Sajhamanch Archive

‘मलाई काम गर्न एकदम कठिनाई छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by .

तपाईं मेचीनगर नगरपालिका वडा नं. १२ को वडाध्यक्ष बन्नु भएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु गर्नुभयो ?

धन्यवाद । २ वर्ष अगाडिसम्म यो वडा पहिला निक्कै पछाडि परेको थियो । त्यसकारण यहाँ विभिन्न बाटाघाटाहरुका समस्या र बाटोको अवधारणाहरु जुन मापदण्ड थियो, त्यो मापदण्डमा थिएनन् र त्यो मापदण्ड तयार गर्न जटिल भयो । तैपनि अहिले हामीले बाटोलाई मापदण्ड पुर्याउन हरेक ठाउँमा डे«न बनाएका छौँ । कहीँ पूल बनाएका छौँ, कहीँ विद्युत विस्तारका कामहरु गरेका छौँ ।

निर्वाचित भएको २ वर्षमा अरुभन्दा आफ्नो वडालाई नयाँपन दिन केही फरक काम पनि गर्नु भयो कि ?

अरु वडाभन्दा मेरो नेतृत्वको अलिक फरकै छ । किनकि अरुतिर चाहिँ सडक किनारमा डे«न बनाउने तिर खासै ध्यान दिइएको पाइन्न । बाटोमा गिटी बालुवा लगाउने काममात्र गरेका छन् । तर मैले चाहिँ बाटोको नक्सांकन गर्न पहिला डे«न बनाउनु पर्छ भन्ने सोचले हरेक बाटोमा डे«न अवधारणा पहिला ल्याएको छु । त्यसपछि डे«न सँगसँगै सिचाईंको पनि काम भइरहेको छ ।

तपाईंका कामको कहिले कहिँ आलोचना पनि हुने गरेको छ नि ? यसप्रति के छ यहाँको धारणा ?

हरेक काम सम्पन्न गर्नका लागि उपभोक्ता समिति बनाएको हुन्छ । उपभोक्ता समितिले गर्दागर्दै कामलाई त्यति महत्व दिएको हुँदैन । त्यसकारण कहिले कहिँ आलोचना हुने गरेको छ । त्यसलाई बिग्रन नदिएर आफैं उपस्थित भई काम सम्पन्न गराएका धेरै उदाहरणहरु छन् ।

तपाईंको वडामा बजेट परिचालन के कसरी गर्ने गर्नुभएको छ ?

सबैभन्दा पहिला सबैलाई वडामा भेला गर्छु । बजेट विनियोजन हुनुभन्दा पहिला विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई राखेर कुन कुन विषयमा आवश्यता बढी छ, के गर्दा वडाको समुचित विकास हुन्छ भनी सल्लाह लिन्छु । अनि वडाका लागि छुट्याइएको बजेट विनियोजन गराउँछु ।

वडा नं. १२ ले युवा लक्षित गरेर रोजगारी सिर्जना गर्न कुनै कार्यक्रम अघि सारेको छ ?

खास कार्यक्रम ल्याउन सकिएको छैन भन्दा पनि हुन्छ । तर यसपटक हामीले युवा लक्षित ड्राइभिङ तालिम दिलाएका छौँ । अब हामीले आगामी दिनमा विभिन्न शीर्षकमा युवा लक्षित वजेट विनियोजन गर्ने तयारीमा छौँ ।

आर्थिक वर्ष २०७६/७७ का बारेमा जनपक्षीय कार्यक्रमहरुका योजना केही बनाउनु भएको छ ?

छन् नि किन नहुनु । वडाको बजेटको सिलिङभित्र पर्ने गरी ६, ७ ओटा रचनात्मक कार्यक्रमहरु ल्याएको छु । विशेष गरेर यो पटक नयाँ नयाँ टोल र बस्तीहरुमा विकासका काम गर्ने योजनाका साथ वजेट विनियोजन गर्ने भनेको छु । यसपाली बढी मात्रामा डे«न निर्माण गर्ने काम लगभग अगाडि आइसकेको छ । उन्नतिको बजेट बढी मात्रामा जनतालाई लक्षित गरेर युवालाई रोजगारी पाउने किसिमका कार्यगर्ने, युवाहरुलाई रोजगारमुलक हुने बजेट हामी ल्याउने छौँ ।

स्थानीय तह आए पछि मानिसहरुलाई आफ्ना समस्या समाधान गर्न कतिको सहज भएको महसुस गर्नु भएको छ ?

मलाई लाग्छ विगत र अहिलेको तुलना गर्दा वर्तमान समयमा मानिसहरुले विभिन्न सुविधा पाएका छन् । मानिसहरुका विभिन्न समस्याहरु समाधान गर्न धेरै सहज भएको छ । त्यसैले मानिसहरु स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आएपछि सन्तुष्ट पनि छन् ।

नगरपालिकाको नेतृत्वले तपाईको वडालाई हेर्ने दृष्टिकोण के कस्तो छ ?

मेरो विचारमा नगरपालिकाले त्यति नकारात्मक दृष्टिकोणले पक्कै हेरेको छैन । समग्रमा मेचीनगरले मेरो वडा नं. १२ का जनप्रतिनिधि र कर्मचारीलाई हेर्ने दृष्टिकोण ठिकै छ । तर उहाँहरुको मनमा केछ त्यो चाहिँ म भन्न सक्दिन ।

तपाईको वडामा आदिवासी, जनजाति तथा दलित समुदायको सङ्ख्या बढी छ । उनीहरुलाई लक्षित गरेर के कस्तो कार्यक्रमहरु ल्याउने गर्नु भएको छ ?

आदिवासी, जनजाति र दलितहरु संगठित गरी पारिजात समूह गठन गरिएको छ । पारिजात समूहमा आवद्धहरुलाई सिलाई बुनाई कटिङको तालिम दिएका छौँ । हिजो अस्ति ब्युटीसियन तालिम समेत दिएका थियौँ । आदिवासी, जनजाति, दलित युवाहरुलाई समेटेर स्वरोजगार ड्राइभिङ तालिम सञ्चालन गर्यौँ । त्यसैगरी धिमालको भवन, दलितको भवन र मेचे विद्यालयको स्थापनालगायत अन्य विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

तपाई जनप्रतिनिधि भएर काम गर्दैगर्दा आफ्नो वडामा के कस्ता समस्याहरु भोग्नु परेको छ ?

मलाई काम गर्न एकदम कठिनाई छ । यहाँका जनतालाई चित्त बुझाई रहन सकिरहेको अवस्था छैन । किनभने जनता कहिले कहिँ नहुने कामहरु पनि गराउन खोज्छन् । कानून सम्मत नभएपछि कानून सम्मत गराउन नसकेपछि कोही कोही वडावासीहरु असन्तुष्ट हुन खोज्नु हुन्छ । त्यसैले कहिले काम गर्ने गाह्रो हुन्छ । विभिन्न समस्याहरु भोग्नु परे पनि म खुसी साथ काम गर्न अग्रसर छु ।

विपक्षी राजनीतिक दलका नेता कार्यकर्ताहरुबाट के कस्तो अपेक्षित सहयोग हुने गरेको छ ?

मलाई आफ्ने पक्षका नेता कार्यकर्ताहरुले भन्दा पनि विपक्षी राजनीतिक दलका नेता कार्यकर्ताहरुले विभिन्न कार्यहरु गर्दा सकेसम्म सहयोग गर्ने गरेका छन् । त्यसैले म आफ्नो स्थानीय विपक्षी राजनीति दलका साथीहरुबाट धेरै नै सन्तुष्ट रहेको छु ।

निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएका कार्यक्रमहरु तपाईको कार्यकालमा पूरा होलान् ?

मैले घोषणा गरेको हिसाबले नै त्यही हिसबको अनुपातले विपक्षको, जनताको र मेरो आफ्नो घोषणापत्रलाई समेटेर अघि बढिरहेको छु । शतप्रतिशत त भन्न सक्दिन करिब ९० प्रतिशत काम चाहिँ पक्कै हुन्छ जस्तो लाग्छ । मैले वडाका सबै सडकमा कालोपत्रे गर्छु भनेको थिएँ, कालोपत्रे बन्दैछ । आफ्नो कार्यकालमा पक्कै कालोपत्रे गरिसक्छु । खोलामा पूल हाल्छु भनेको थिएँ, त्यो बनाई सकेँ । सडक किनारमा ड्रेन निर्माण गर्छु भनेको थिएँ, ड्रेन बन्ने क्रम जारी छ । त्यसैगरी अर्को योजना नयाँबस्तीलाई नयाँपन दिन घोषणापत्रमा उल्लेख गरेको थिएँ । यसबर्षको बजेट तथा कार्यक्रममा उक्त ठाउँका लागि कम्तीमा ४० लाख रुपैयाँ बजेट छुट्याउँछु । अनि मेरो लक्ष्य पूरा हुन्छ जस्तो लाग्छ ।

तपाईलाई आफ्नो वडाको विकास निर्माणका काम गर्दा स्थानीय राजनीति दलका कार्यकर्ताहरुले कतिको अवरोध वा सहयोग गर्ने गरेका छन् ?

मेरो वडामा काम गर्दा विपक्षी दलका साथीहरुले अवरोध गर्नु त परै जाओस् उल्टै विकास निर्माणका कामहरु गर्न सुझाव दिनु हुन्छ । त्यसैले अहिलेसम्म त्यसरी विभिन्न कामहरु गर्दा अवरोध हुने कामहरु भएको छैन । त्यसैले म आफूले आफूलाई भाग्यमानी वडाध्यक्ष पनि सम्झन्छु ।

अन्त्यमा, वडाबासीलाई भन्न चाहेका बाँकी कुराहरु केही छन् कि ?

मेरो वडामा जनजाति, आदिवासी, दलित, अशिक्षित, लोपोन्मुख मानिसहरु भएकाले यहाँ चेतनाको अभाव रहेको छ । त्यसैले मेरो वडामा मानिसहरुलाई विकासभन्दा पनि चेतनामुलक कार्यक्रम बढी मात्रामा दिनुपर्छ जस्तो लाग्छ । तर मैले त्यस किसिमको कार्यक्रम गर्न सकिरहेको छैन । यस वडामा यस अघि विकास निर्माणका कामहरु नभएकाले बाटाघाटाहरु छेदविच्छेद भएकाले, पूल नभएको जस्ता विविध कारणले बढी मात्रामा बजेट त्यस किसिमका काममा खर्च भएको छ ।

वितेका २ वर्षको बजेटबाट मैले चेतनामुलक कार्यक्रम दिन सकिरहेको छैन । अब बाँकी ३ वर्षहरु छन् । अबका बजेट बढी मात्रामा रोजगारका अवसरका कार्यक्रमहरु, चेतनामुलक कार्यक्रमहरुमा बढी मात्रामा खर्च गर्ने लक्ष्य राखेको छु । मलाई यस्ता कार्यक्रमहरुमा सबै जनप्रतिनिधि, स्थानीय बुद्धिजीवि, युवा भाइहरु, राजनीतिक दलका नेता कार्यकर्ता र विभिन्न सङ्घ–संस्थाहरुले सहयोग गर्नु हुन्छ भन्ने पनि आशा राखेको छु ।

अन्त्यमा, मेरो २ वर्षे कार्यकालमा भएका कार्यक्रमहरुका बारेमा आम वडाबासीसहित नेपाली जनतामाझ आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा साझामञ्च डटकमको सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

– प्रस्तुतिः उमेश खतिवडा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *