Sajhamanch Archive

एनएमसीमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by .

झापा । नेपालकै उत्कृष्ट वित्तीय कारोबार गर्ने सहकारी संस्था एनएमसीको आगामी ४ वर्षे कार्यकालका लागि १५ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरिएको छ ।

संस्थाका सञ्चालक सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा २६औं वार्षिक साधारणसभाले गठन गरेको निर्वाचन समितिले सञ्चालन गरेको निर्वाचन कार्यक्रमबाट सञ्चालक तथा लेखा समिति निर्विरोध चयन भएको हो ।

जसअनुसार एनएमसीका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती छैटौं कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको विधानअनुसार यो पटकबाट वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको पद सिर्जना गरिएकोमा क्रमशः नारायणप्रसाद कोइराला र भगवती घिमिरे निर्विरोध चयन भएका छन् ।

यसरी नै सञ्चालक सदस्यहरुमा ठाकुरप्रसाद शिवाकोटी, विकासप्रसाद उप्रेती, माधवचन्द्र प्याकुरेल, डम्बरबहादुर बस्नेत, हिराप्रसाद पोखरेल, खेमनाथ मिश्र, कमल गुरागाईं र दुर्गाप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको विधानअनुसार महिला कोटाका सञ्चालक सदस्यमा लक्ष्मी काफ्ले उपाध्याय, सावित्रा दाहाल भट्टराई, सीताकुमारी श्रेष्ठ र देवकुमारी शेर्मा निर्वाचित भएका निर्वाचन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए ।

एनएमसीको लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णु गौतम पुनः चयन भएका छन् भने सदस्यमा रचना दाहालले दोस्रो कार्यकालको जिम्मेवारी पाएकी छन् । यस्तै अम्बिकाप्रसाद ढकाल सदस्यमा निर्वाचित भएका छन् ।

एनएमसीको विधानअनुसार सञ्चालक समिति तथा लेखा समितिको कार्यकाल ५ वर्षको हुने गरेकोमा सहकारी ऐन २०७४ कार्यान्वयनमा आइसकेपछि विधान संशोधन गरी सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरिएको छ ।

नवनिर्वाचित सञ्चालकहरुको सपथग्रहण असार ३१ गते संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा आयोजना गरिने उपाध्यक्ष तथा कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिएका छन् । नवनिर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी साउन १ गतेदेखि सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *