Sajhamanch Archive

डोनल्ड ट्रम्पले उत्तर कोरियाका जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट गरेका छन् ।

गत वर्ष हनोई शिखर सम्मेलन विनानिश्कर्ष टुंगिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो पटक हो ।

किमको उपस्थितिमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भ्रमण वास्तवमै ऐतिहासिक अवसर भएको बताए । दुई कोरियाको धर्तीमा पाइला राख्नु गर्वको विषय भएको उनले बताए । सँगै रहेका किमले पत्रकारसँगको दूर्लभ कुराकानीका क्रममा भेटवार्तालाई ट्रम्प र आफुबीचको उत्कृष्ट सम्बन्धको प्रतीकको रुपमा लिएको बताए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग सिउलमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको भेटवार्ताबारे बताएका थिए ।

केही दिन अघिमात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । त्यसक्रममा दुवै नेताले अवरुद्ध वार्ता फेरि शुरु गर्ने सम्भावना रहेको संकेत गरेका थिए ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको निशस्त्रीकरणमा सहमति जनाए पनि प्रतिबद्धता पालना नगरेको अमेरिकी आरोप छ । उत्तर कोरियाले भने आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै आएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *