Sajhamanch Archive

सगरमाथा म्युजिक अवार्ड हुने, अवार्ड आवेदन खुल्ला

Published: (Updated: ) in English, अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ ।

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा  हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पहिलो पटक हुने लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ५१ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने आयोजक रेस्पोन्सिभ मिडियाले जनाएको छ ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले बताएको छ ।  अवार्ड सम्बन्धी कुनै पनि जानकारी अवार्डको अफिसियल फेसबुक पेजबाट लिन सकिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *