Sajhamanch Archive

साकोसहरुलाई बिर्तामोडमा पल्र्स तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको आयोजनामा आजदेखि बिर्तामोडमा तीन दिने पल्स तालिम सुरु गरिएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले तालिमको उद्घाटन गरिदिएका हुन् ।

आयोजक संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन संघका सचिव लीलाप्रसाद भणडारीले गरेका थिए । झापाका विभिन्न सहकारीका सञ्चालक, व्यवस्थापक कर्मचारीसहित ३६ जनाले तालिममा सहभागिता जनाएका छन् ।

संघका लेखा सुपरीवेक्षण समिति संयोजक भुपेस मर्डीले शब्दद्वारा स्वागत गरेको कार्यक्रममा नेफ्स्कुनका कोषध्यक्ष केशव पोखरेल र आयोजक संस्थाका अध्यक्ष अधिकारीले सहजीकरण गरिरहेका छन् ।

तालिम उद्घाटन कार्यक्रममा सहायक प्रजिअ पोखरेलले पल्र्स सहकारीको मापदण्ड भएको बताए । उनले पल्र्सलाई विधा र सुचकका रुपमा बुझ्न आग्रह गरे ।

सम्पत्तिको सुरक्षा, नाफासँगै जिन्दगीमा काम लाग्ने दैनिक व्यवहारमा पनि पल्र्स उपयोगी हुने उनको तर्क छ । सबै सहकारीको भाग्य र भविष्य पल्र्स भएको बताएका उनले सहकारी भित्रको मापदण्ड पल्र्सले निर्धारण गर्ने बताए ।

सहायक प्रजिअ पोखरेलले साकोस अभियानमा पल्र्सले सामाजिक उतरदायित्वको भूमिका निर्वाह गर्ने जनाए । उनले सहकारीलाई व्यवसाय भएको बुझ्न आग्रह पनि गरे । ‘बचत ऋण मात्रै होइन, कारोबार त सहकारीको सानो अंश मात्र हो’ उनले भने, ‘सिक्ने र सिकाउने क्षेत्र हो सहकारी हो ।’

अनुपातमापन र जोखिन व्यवस्थापन गर्ने मुख्य आधार पल्र्स सूचकाङ्क भएको उनको तर्क छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *