मनकामना स्कूल अफ ल यसैवर्षमा
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेको मनकामना माद्यमिक विद्यालय तथा कलेजमा यसै शैक्षिक वर्षदेखि कानून विषयको अध्यापन सुरु गरिने भएको छ ।
बिर्तामोडमा २० वर्षदेखि छुट्टै विशेषताका साथ शैक्षिक सेवा प्रवाह गरिरहेको मनकामनाले कक्षा ११ मा कानून विषय अध्यापनको अनुमति पाएको हो । आज क्याम्पस प्रशासनले सो बारे सार्वजनिक जानकारी गराउँदै ‘मनकामना स्कूल अफ ल’ सञ्चालनको तयारीमा जुटेको बताएको हो ।
बिर्तामोड नगरपालिका शिक्षा शाखाले कक्षा ११ मा यसै शैक्षिक वर्षदेखि कानून विषयको अध्यापनका लागि सोमबार अनुमति दिएको हो ।
‘मनकामना स्कूल अफ ल’को सञ्चालन अनुमति पाएकाले यसै शैक्षिक वर्षदेखि सामान्य कानून, कानूनका सिद्धान्तहरु, नेपालको कानूनी व्यवस्था, संवैधानिक कानून र नेपालको संविधान विषयमा कक्षा सञ्चालन गरिने शैक्षणिक संयोजक कुमार थपलियाले बताए ।
थपलियाका अनुसार मनकामनाले यो वर्षदेखि ट्राभल एण्ड टुरिजम विषय पनि थप गरेको छ भने होटल म्यानेजमेन्ट विषयलाई पुनः प्रवेश गराइएको छ । कक्षा ११ र १२ मा आमसञ्चार र पत्रकारिता विषयले निरन्तरता पाउनेछ ।
Comments