Sajhamanch Archive

बुद्धशान्तिमा डेंगु सचेतना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो सम्बन्धी सामाजिक सचेतना अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले बुद्धशान्ति गाउँपालिकाका हरेक गाउँ टोलमा माइकिङ गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर प्रचारप्रसार गरी सचेतना अभियान थालिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखाका सिअहेव अधिकृत दिपक सापकोटाका अनुसार पछिल्लो समय झापाका विभिन्न स्थानहरुमा डेंगु ज्वरोका बिरामी भेटिन थालेकाले सचेतना दिलाउन प्रचारप्रसार थालिएको हो । डेंगु ज्वरो रोकथाम र उपचारका लागि कुनै खोप र औषधी नरहेकोेले सचेत रहन, लामखुट्टेलाई टोक्न नदिन तथा रोगको लक्षण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जान स्वास्थ्य अधिकृत सापकोटाले बताए ।

पहिलो चरणमा प्रचार प्रसार गरेर डेंगु ज्वरो विरुद्ध जनचेतना फैलाएको तथा आगामी दिनमा यस ज्वरो विरुद्ध थप प्रभावकारी कदम चालिने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *