प्रेरणाको दाइजो विवादमा पुनः सुनुवाइ हुने
Published:
by .काठमाडौं। पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।
अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ ।
सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो ।
छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् ।
राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो ।
अन्नपूर्ण पोष्ट दैनिकबाट ।
Comments