Sajhamanch Archive

कचनकवलमा सर्पदंश सम्बन्धी चेतनामुलक कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

कचनकवल । मानवीय उद्धार सेवा केन्द्र झापा र कचनकवल गाउँपालिका वडा नं. १ को संयुक्त आयोजनामा आज घेराबारीमा सर्पदंश सम्बन्धी चेतनामुलक कार्यक्रम गरिएको छ ।

घेराबारीको बुद्ध आधारभूत विद्यालयमा सम्पन्न चेतनामूलक कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक एवम् स्थानीय बासिन्दाको सहधागिता थियो ।

श्री नयाँ श्रीनाथ गण चारआली ब्यारेक सर्पदंश केन्द्रको प्राविधिक सहयोगमा आयोजित सचेतनामुलक कार्यक्रमको अध्यक्षता गाउँपालिकाका वडा नं. १ का सचिव मदन भण्डारीले गरेका थिए ।

सेवा केन्द्रका अध्यक्ष धनबहादुर बुढाथोकीले दिएको जानकारीअनुसार करिब डेढसयको सहभागितामा सम्पन्न कार्यक्रममा सेना, प्रहरी, जनप्रतिनिधिसहितको सहभागिता थियो ।

उक्त तालिमको सहजीकरण चारआली सर्पदंश केन्द्रका इन्चार्ज ऋषिराम पोख्रेललगायतले गरेका थिए । तालिममा सहभागीहरुलाई सर्पको टोकाइबाट कसरी बच्ने बारेमा प्रष्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *