हल्दिबारी गाउँपालिकाको बजेट ४४ करोड ४८ लाख
Published: (Updated: )
by .भद्रपुर । हल्दिवारी गाउँपालिकाको वजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरिएको छ । दोश्रो गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७५। ०७६ का लागि सो वजेट विनियोजन गरिएको हो ।
“सम्मृद्धिका पालक हल्दिवारीका बालक” मूल नारा लिएर वजेट तयार पारेको गाउँपालिकाले भूकम्प प्रतिरोधी आवास निर्माणका लागि घर नक्सा पास गर्न ५० प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ ।
यस्तै गाउँपालिकाले कृषि, पर्यटन, सन्तुलित पाकृतिक श्रोत परिचालन, गुणस्तरीय शिक्षाका लागि सीपमा आधारित शिक्षा, जस्ता जनपक्षीय योजनाको नीति तय गरेको छ । गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल र कार्यकारी अधिकृत सन्तोष घिमिरेले नीति तथा कार्यक्रम सहित वजेट प्रस्तुत गरेका थिए ।
Comments