Sajhamanch Archive

प्रतिनिधिसभामा ओलीको सम्बोधन भोली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सोमबार गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । उनले अब भोली (मंगलबार) मात्र संसदलाई सम्बोधन गर्ने भएका छन् ।

६ दिने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, तयारी नपुगेपछि स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार सम्बोधनको थप तयारी हुँदैछ ।

‘केही थप तयारी गर्नुपर्ने भएकाले सम्माननीय प्रमले आज संसदलाई सम्बोधन नगर्नु हुने भएको छ । चीन भ्रमणका सम्बन्धमा जानकारी गराउन उहाँले संसदलाई सम्बोधन गर्ने कार्यक्रम भोलिका लागि यथावत छ’, अर्यालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको बताइन्छ । ओलीले मंगलबार दिउँसो २ बजे संसदलाई सम्बोधन गर्नेछन् ।

मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतका कार्यालयको मन्त्रालयगत छलफल हुने कार्यक्रक्रम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *