Sajhamanch Archive

छवि र शिल्पाबीच सहमति

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमान्बाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित गरेका छन् । ‘उहाँहरुले सहमति गर्नु भयो’, बोगटीले भने, ‘प्रहरीमा परेको उजुरी योसँगै टुंगिएको छ ।’

पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषयमा उजुरीमा नभएको र व्यक्ति कुरा भएको प्रहरी बताउँछ ।

दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्/बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *